प्रधानसेनापति थापाको सम्पत्ति कति ? सत्य थाहाँ पाउँदा सबै चकित

काठमाडौं । जनताले नेताहरुको सम्पतीका बारेमा त समयसमयमा जानकारी पाउँछन् । तर, नेपाली सेनाका प्रधानसेनापतिको सम्पतीबारे कमैलाई जानकारी हुन्छ । अहिलेको प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । आज राजधानीमा एक कार्यक्रम गरि थापाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार भएको बताइएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद जम्मा गरिएको कुरा पनि उल्लेख गर्नुभयो ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसका साथै उहाँको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ । थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१)तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१)को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भए पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उहाँले स्पष्ट पार्नुभयो । नेपाली सेनाभित्र भ्रष्टाचार छानबिन अहिलेसम्म नभएको भन्दै अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब सेनाले भित्रैबाट छानबिन गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्